गजल का पानाहरु

गजल का पानाहरु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गजल का पानाहरु, Airport, arava, Lod.

ए । https://www.youtube.com/watch?v=a0cKAVWwWG8Amrit Prasad PokhrelKushma, Parbat08/18/2015 12:41PMगजल का पानाहरु
27/04/2017

ए ।
https://www.youtube.com/watch?v=a0cKAVWwWG8
Amrit Prasad Pokhrel
Kushma, Parbat
08/18/2015 12:41PM

गजल का पानाहरु

Rotaract Club Of Parbat ले आयोजना गरेको रोटर्याक्ट सप्ताहमा गजल वाचन प्रतियोगितामा गजल वाचन गर्दै... 2070/11/25 Sunday at 7:00 AM

13/11/2016

महाभारत दोहोराउदै छन् आफ्नै मितहरू
कूरूक्षेत्र बन्दैछन जिवनका ति गितहरू ||

सपनाका पातहरू झरेर सूक्दा खेरी यहाँ
हाँगामा नै झुन्डि रहे विहानीका सितहरू ||

निस्टूरीको बाणले प्रेमिको छाति चिर्दा
मैनाले नि सुसेल्दै सम्झिन्छ ति प्रितहरू ||

हरेक चिजको हून्छ रे राम्रो नराम्रो पक्क्ष
मिलन पछि बिछोड कस्तो अनौठो रितहरू||
Rk sharma

21/03/2016

गजल

समाजमा मेरो एउटा कहानी थियो
कहानिले मूसिएको निसानी थियो||

पलासिए पाईलाहरू शुन्य रातमा
अंन्धकारको प्रतिक विहानी थियो||

आकास छानो,बादल ओड्ने! अनि
त्यो धर्ति,जमिन मेरो सिरानी थियो||

चन्द्रमाले टोलाएर हेर्दा जबअंग्गहरू
ताराहरू मेरो वरिपरि निग्रानी थियो||

हावामा छ'दूबै बिछोडीएको आत्मा
मरिजाने चोला यो जिन्दगानी थियो||

उन्कै देन उन्कै स्रिस्टि उनै रचनाकार
हामी केवाल पात्र,दैवै बेमानी थियो||

आर.के.शर्मा

16/03/2016

''गजल'''

पिलाई दिन्छन सपनाहरू यिनै रातहरूले
लोलाई दिन्छन्आँखाहरू'तिनै मातहरूले||

तरंगले छायो शरिर वस्त्र बिहिन हूदा खेर
त्यो तिम्रो स्पर्समा लम्किएका हातहरूले||

मिठो प्यार मिर्मिरेमा मूस्कूरायो चारैतिर!
भन्छन मलाई'ति'शितसरीका पातहरूले||

मौसम सँगै परिवर्तन भएर होला गर्छन् !
आकर्षित भमराहरू,फूलका जातहरूले||

ति शिशिरका कूरा बसन्तले सुनाए पछि
लठ्ठै बनायो मलाई सेऊसी बातहरूले||

आर.के.शर्मा

28/02/2016

गजल'

गुड्ने भन्दा उड्ने धेरै झर्न थाले पछि
अनगन्ति मानिसहरू मर्न थाले पछि||

भुक्मप र बाढि पैरो कम छैन देशमा
शिकारीले बलात्कार गर्न थाले पछि||

नेताहरू तल्बे चाट्ने,छिमेकी देशको
यो भुमिमा गिद्ध नजर पर्न थालेपछि||

अशान्ति र हत्या पनि बड्दै'गा'छ धेरै
गरीबि का राहतहरू हर्न थाले पछि ||

मृत्युको त मूल्यछैन बिड्मबना देशको
बायुलेनी असुल ग्यास छर्न थालेपिछ||

आर.के.शर्मा

23/02/2016

गजल

मेरो आशा भरोसा लाई चूकाएर गयौ तिमी
सामाज सामू मेरो नजर झूकाएर गयौ तिमी ||

पवित्र यो प्रेमको पाठ हर्दम मलाई सिकाएर
मूटुका मेरा ति गाँठाहरू फूकाएर गयौ तिमी ||

बग्थे तिम्रो सम्झना मा आँखा बाट परेलिमा
निश्चल तिनै तालहरू नै सूकाएर गयौ तिमी ||

खूल्ला थियो आकास,सुनसान यो धर्ति पनि
कस्को साथमा तिम्रो मूटु लूकाएर गयौ तिमी ||

ज्ञ्यानको ज्योति निभ्न नदेऊ भन्थे मैले सधै
हृर्दयमा क्रोधको विरूवा हूर्काएर गयौ तिमी ||

आर.के.शर्मा

08/02/2016

''गजल''

धेरै पछि याद बनि छाएका ति रहरहरु
छछल्किदै पोखिएर आएका ति रहरहरु||

वसन्तको पाखाहरु हेर्ने डुल्ने मन थियो
मूना भर्दै चारै तिर पलाएका ति रहरहरु ||

हेर्छू त्यो चन्द्रमा जुन ताराको देशमा म
ख़ुशी छर्दै वरिपरी निधाएका ति रहरहरु||

धेरै छन यहाँ साहित्यिक मनहरू प्रतिको
मेरो जस्तै हृदयमा छाएका ति रहरहरु ||

हरेक क्षण मेटिए पाठकहरूका यहाँ
गजलका सेरले तिर्खाएका ति रहरहरु||

आर.के. शर्मा

07/02/2016

अोझेलमा परेको
''गजल''

सम्झना छ मलाई पल-पल त्यो दिन्को
मेटिऐको रै'न छ तल-तल त्यो दिन्को।।

रातै भरि वेहोसिमा के गरिएछ कून्नि
विहान भा'थ्यो छल-फल त्यो दिन्को।।

दिनौँ दिन सर्लक्क हूर्किदै गै'राछेऊ
पोसिलो रै'छ खूब मल-जल त्यो दिन्को।।

आज भोलि आँखामा आऊछ त्यो दृिस्य
उत्तेजित यो मनै चन-चल त्यो दिन्को ।।

क्षितिज पारि तिम्लाई भेटे भने फेरि कतै
मेटौँलानी तिर्खा कल-कल त्यो दिन्को।।

आर.के.शर्मा

18/08/2015

manab dhk.
कातिल त्यो नजरले हेरी हेरी मारी दियौ।
बाचेकै थिए हासी खुसी मशानघाटमा सारि दियौ।।

उठाएथियेउ अंजुलिले मेरो भाग मा दुइ थोपा।
मेरै मुटु भित्र बसी अरुलाई नै छहारी दियौ।।

कति मीठा कुरा तिम्रा आकाश का तारा झार्ने।
नागरेरै आनाकानी बाचा बिस्वास टारी दियौ।।

आफै गरयौ भागबण्डा दुबै तिर बराबरी।
खुसी जती कुम्लायेर मलाई दुःख पारी दियौ।।

बैशाखी नै खोसी दिने निर्दयी छन भगवान् पनि।
कुन जन्म को सजाय मा मलाई येस्ती नारी दियौ।।
कातिल त्यो नजरले हेरी हेरी मारी दियौ।
बाचेकै थिए हासी खुसी मशानघाटमा सारी दियौ।।
manab dhk (ढकाल) मोरङ्ग पथरी (हाल दुबई).

23/04/2015

आफ्नू अर्कों भन्ने हैन,जातले फरक पार्दो रैछ|
दोष निर्दोष हेर्छन कहाँ?हातले फरक पार्दो रैछ||

मदिराले मतिएर अरूलाई दू:ख दिने हरूलाई |
प्रमाण खोज्छन मान्छे!मातले फरक पार्दो रैछ||

अनायासै पछि पर्छन ! बूझेर कि नबूझी यहाँ |
घात माथि घात गर्दा, घातले फरक पार्दो रैछ||

रूखहरु पलाऊदा हाँगां,फूल सँगै काँडाहरू |
कोपिलाको सुन्दरता,पातले फरक पार्दो रैछ||

आर.के.शर्मा

16/04/2015

घेरै दिन पछिको सानु भेट अग्रज तथा मित्रहरु सँगको )

बादल सँगै आकासमा घूलुँ घूलुँ लाग्छ मलाई |
चन्द्र सूर्य खूल्दा उस्तै खूलुँ-खूलुँ लाग्छ मलाई ||

फक्रिएर कोपिलाहरू बोट बोटमै रमाऊदा |
हाँगै भरी फल सरी झूलुँ-झूलुँ लाग्छ मलाई ||

डालि डालि फूलहरूले चारैतिर सुवास छर्दा |
रड्ग़ी चड्ग़ी फूलहरू फूलुँ-फूलुँ लाग्छ मलाई||

सुस्त-सुस्त मन्द-मन्द हावाको त्यो वेग बनी |
बतास सरि चारै तिर डूलुँ-डूलुँ लाग्छ मलाई ||

यस्तै कूरा सम्झी मन भरी यो बहार छाऊँदा |
मानब्य जिवन त्यो भूलुँ-भूलुँ लाग्छ मलाई ||

आर.के.शर्मा

Address

Arava
Lod

Telephone

00972-89256866

Website

Alerts

Be the first to know and let us send you an email when गजल का पानाहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category