06/02/2024
उनी भारतको(केरला) मल्लापुरम भन्ने ठाँउको एक राम्रो शिक्षिका थिईन...एक दिन उनका एक विद्यार्थीले उनलाई भारतको एक रेल्वे स्टेशन नजिक भिख मागिरहेको देखे...
तर विधार्थिले उनलाई टाढा वाट राम्रो सित चिन्न सकेन्न...तर पनि त्यो विधार्थीको मनमा खुलदुलि भएर नजिकबाट नियालेर हेर्दा साँचि नै उनी तिनलाई पढाउने शिक्षिका नै थिईन...शिक्षिकालाइ चिनिसके पछि त्यो विद्यार्थीले सोध्यो:- तपाईको यो हालत कसरि भयो?
शिक्षिकाले भनिन:-जव म शिक्षण पेशाबाट रिचार्यड भए। त्यसपछि मैले आफ्नो सम्पुर्ण रकमहरु छोराछोरिको खुसि को निम्ति खर्च गरे। तर जब उनीहरुको स्वार्थ सिद्ध भो उनीहरुले मलाई बोझ सम्झि घरबाट निकाले...
परिणाम आज म यहाँ भिख माग्दै छु...
त्यो कुरा सुनि त्यो ऊनको विद्यार्थीको आखाँबाट आसु खस्न थाल्यो उस्ले त्यस शिक्षिकालाई अाफ्नो घर लग्यो नयाँ लुगाहरु किनिदियो र खान को र भविष्य मा उनलाई दु:ख नहोस भन्ने योजना सहित जति जना उसको साथि त्यो शिक्षिका सित पढेका थिए तिनिहरु सित सम्पर्क गरि सबैलाई सहयोगलाई अपिल गर्यो...परिणाम सबै त्यो शिक्षिका सित पढने विद्यार्थी जो
जो थिए तिनले अा-अाफ्नो तर्फबाट कुनै न कुनै रुपमा उनलाई मद्दत गरे...परिणाम उनलाई बस्नलाई घरको व्यवस्था र उनको खातामा केहि पैसा र एक हेरचार गर्ने मान्छेको व्यवस्था ति उनका विद्यार्थीहरु गर्देका छन...तर यहाँ अच्चम छ जुन सन्तानलाई उनले हुर्काईन तिनले उनलाई छोडिदिए र जुन विधार्थीलाई उनले पढाईन तिनीहरुले नै उनलाई साहारा दिए...
सायद यहि शिक्षालाइ ''गुरु शिक्षाको कदर'' भनिन्छ होला संसारमा
कृपया आफुले पढिसकेपछी सेयर गर्नुहोस ताकी तपाईंको साथीहरूले पनि पढ्ने अवसर पाउन।❤️🙏