05/08/2026
विदेशबाट नेपाल आउन े नेपाली नागरिकहरूमा विशेष अनुरोधः
हालका दिनहरूमा दुबई, कतार लगायतका विभिन्न मुलुकमा श्रम स्वीकृति (Labour Visa) मा काम गरी नेपाल आउन े क्रममा केही नेपाली नागरिकहरूलाई अपरिचित व्यक्तिहरू, दलाल तथा सुन तस्करहरुले आर्थिक प्रलोभन देखाई सुनका सिक्री, अन्य बहुमूल्य धातुका सामान तथा वस्तु नेपाल ल्याइदिन आग्रह गर्ने र त्यसका लागि खरिद बिल समेत उपलब्ध गराउन े गरेको पाइएको हुँदा यस्ता वस्तुहरू नेपाल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानुन बमोजिम जाँच हुँदा अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पक्राउ परी कानुनी कारबाहीको सामना गर्नुपर्ने अवस्था सिर्जना भइरहेकोले नेपाल प्रहरी विमानस्थल सुरक्षा कार्यालय दाजुभाइ तथा दिदीबहिनीहरूलाई त्यस किसिमका सुन तथा बहुमुल्य बस्तुहरु नल्याउन ु हुन हार्दिक अनुरोध गर्दछ ।
अपरिचित व्यक्ति, सुन तस्कर वा दलालहरुले प्रलोभनमा पारी सुन, बहुमूल्य धातु वा अन्य सामान दिएर नेपाल पठाउन े गरेको पाईएकोले त्यस्ता कुनैपन ि सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउनुहोस् ।
अरूको सामान, झोला वा प्याकेट त्यसको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिनुहोस् ।
खरिद बिल वा अन्य कागजात भएको भन्दै कानुनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्नुहोस् ।
आफ्नो सानो लापरवाहीले ठूलो कानुनी समस्या निम्त्याउन सक्छ ।
सचेत बन, सुरक्षित बनौं।
दलालको प्रलोभनमा नपरौं, अवैध सुन ओसारपसारबाट टाढा रहीं।
विमानस्थलमा भेटिएका शंकास्पद गतिविधि वा प्रलोभनबारे सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुहोस् ।
नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाडौ