12/09/2025
नेपालको पहिलो महिला प्रधानमन्त्री हुनु भएकोमा सुषिला कार्की ज्यु लाई हार्दिक बधाई 🎉।
यो नयाँ युगको ढोका खोलिदिएकोमा जेन्जी पुस्तालाई विशेष धन्यवाद 🙏।
देशका लागि ज्यान आहुती दिनु भएका सम्पूर्ण आत्माहरूलाई श्रद्धाञ्जली 🌹 र घाइते साथीहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना।
सबैभन्दा सुन्दर कुरा यो हो — लामो संघर्ष र बलिदानीपछि बनेको नयाँ संविधान अझ सुरक्षित र सुदृढ भएको छ।
यो सोच, संयमता र परिपक्वतापूर्ण निर्णयले जेन्जीलाई अझ परिपक्व बनायो र अघिल्ला पुस्ताको सम्मान पनि गर्यो।
यस यात्रामा राष्ट्रपति र सेनाप्रमुख पनि धन्यवादका पात्र हुनुहुन्छ । परिवर्तन कुनै क्षणिक चमत्कार होइन, यो एउटा प्रक्रिया हो।
आज भोलि सब थोक तुरुन्त मिल्दैन, अझै झमेलाहरू छन्, तर मिलाउने शक्ति हामीमै छ।
अन्तरिम सरकारले चुनावको बाटो खोल्नेछ, अनि सही मान्छे छान्ने जिम्मा हामी जनताकै हातमा हुनेछ।
स्टेरिङ सही हातमा पुगेपछि नेपालले नयाँ दिशामा यात्रा गर्नेछ, जुन हाम्रो सपनाको नेपाल हुनेछ 🇳🇵।
त्यसैले धैर्यता राखौं, निराश नबनौं।
सामाजिक सञ्जालमा सकारात्मकता फैलाऔं, व्यवहारमा मानवता जगाऔं।
सबै आफ्नो लयमा फर्कौं, एक अर्कामा भरोसा राखौं।