25/04/2026
अव्यवस्थित बस्ती व्यवस्थापनमा अहिलेसम्म के के भयाे ?
१. थापाथलीस्थित वागमती नदी किनाराका घरटहरा भत्काइ सकिएको छ । यस क्षेत्रबाट घरबारविहीन भएको विवरण टिपाउने २५ जनालाई सुन्दरीघाट स्थित राधास्वामी सत्संग आश्रममा लगिएको छ । यसमा ७ परिवारका ८ जना पुरुष १२ जना महिला र ५ जना बालबालिका छन् ।
२. एक जना सुत्केरीलाई कोटेश्वर पुर्याइएको छ । सिनामंगल गैरीगाउँमा घर टहरा भत्काउने काम थालिएको छ ।
३. अहिलेसम्म ३ वटा परिवारले आफूहरु घरबार विहिन भएको विवरण टिपाएका छन् ।
४. यस क्षेत्रबाट शारीरिक अस्वस्थ्यता भएका २ जना बालकलाई अस्पताल पुर्याइएको छ ।
स्रोत : काठमाडौं महानगरपालिका