Ghumgham portugal

Ghumgham portugal पोर्चुगल का विभीन्न पर्यटकिय स्थल हरु घुमघाम तथा ग्रुप टुर को लागी हामीलाई संझनु होला

🌊☀️ अल्गार्भको रमणीय यात्रा – एक दिन, तीन उत्कृष्ट गन्तव्य! ☀️🌊📅 मिति: १६ अगस्ट २०२६, आइतवार🚌 Ghumgham Portugal को विशेष...
14/06/2026

🌊☀️ अल्गार्भको रमणीय यात्रा – एक दिन, तीन उत्कृष्ट गन्तव्य! ☀️🌊

📅 मिति: १६ अगस्ट २०२६, आइतवार

🚌 Ghumgham Portugal को विशेष एकदिने भ्रमण

📍 Vilamoura Marina
पोर्तुगलको सबैभन्दा आकर्षक Marina मध्ये एक। सुन्दर याट, समुद्री वातावरण र मनमोहक दृश्यले भरिएको रमणीय स्थल।

🚤 Albufeira Cave Tour
समुद्री गुफा, चट्टानी तट, नीलो समुद्र र प्राकृतिक सौन्दर्यले भरिएको अविस्मरणीय जलयात्रा।

🌅 Praia da Rocha, Portimão
अल्गार्भको प्रसिद्ध समुद्र तट, जहाँ चट्टान, समुद्र र मनमोहक सूर्यास्तको अद्भुत दृश्य अवलोकन गर्न सकिन्छ।

📍 पिकअप स्थानहरू
🕖 Marquês de Pombal – 07:00
🕢 Oriente – 07:20
🕗 Montijo (Forum Montijo नजिक) – 07:50

💶 टिकट: 65 युरो

⏰ लिस्बनबाट बिहान प्रस्थान गरी राति करिब 11:00 बजे फिर्ता हुनेछौं।

✨ एकै दिनमा अल्गार्भका तीन प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्दै समुद्री सौन्दर्य, जलविहार र सूर्यास्तको आनन्द लिने उत्कृष्ट अवसर।

⚠️ यात्रा करिब 16–17 घण्टाको हुने भएकाले ३ वर्षभन्दा कम उमेरका बालबालिका नल्याउन अनुरोध गर्दछौं।

📞 बुकिङ तथा जानकारी
📱 WhatsApp / Phone:
+351 937 653 942
+351 920 074 622

Ghumgham Portugal
“Portugal लाई नजिकबाट चिनौं, घुमौं र अनुभव गरौं।”

रोचक तथ्य!क्षेत्रफलका हिसाबले नेपाल नर्वेभन्दा करिब २.६ गुणा सानो देश हो। तर जनसंख्याको हिसाबले भने नेपाल नर्वेभन्दा ५ द...
13/06/2026

रोचक तथ्य!

क्षेत्रफलका हिसाबले नेपाल नर्वेभन्दा करिब २.६ गुणा सानो देश हो। तर जनसंख्याको हिसाबले भने नेपाल नर्वेभन्दा ५ देखि ६ गुणा बढी जनसंख्या भएको देश हो।

नर्वेको जनसंख्या अहिले करिब ५६ लाख छ भने नेपालको जनसंख्या करिब ३ करोडको हाराहारीमा छ। विशाल भूभाग भएर पनि नर्वेमा जनघनत्व निकै कम छ, जबकि नेपालमा सीमित भूभागमा धेरै मानिस बसोबास गर्छन्।

यही कारणले नर्वेले श्रमशक्ति र जनसंख्या सन्तुलन कायम राख्न आप्रवासनलाई महत्वपूर्ण स्रोतका रूपमा हेर्दै आएको

ओस्लो। नर्वेको जनसंख्या आगामी दुई दशकमा क्रमशः वृद्धि हुँदै सन् २०५० सम्म ६.२ मिलियन (६२ लाख) पुग्ने अनुमान गरिएको...

जुलाई ५, आइतवार, GhumGham Portugal को विशेष एकदिने भ्रमणमा सहभागी भई पोर्तुगलका चार आकर्षक गन्तव्य—🧂 Salinas de Rio Maio...
13/06/2026

जुलाई ५, आइतवार, GhumGham Portugal को विशेष एकदिने भ्रमणमा सहभागी भई पोर्तुगलका चार आकर्षक गन्तव्य—🧂 Salinas de Rio Maior, 🏰 Óbidos, 🌳 Buddha Eden र 🌊 Foz do Arelho—को अविस्मरणीय यात्रा अनुभव गर्नुहोस्। प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, विशाल बुद्ध बगैंचा र अटलान्टिक समुद्रको मनमोहक दृश्य एकै दिनमा अवलोकन गर्ने उत्कृष्ट अवसर। 🚌 प्रस्थान बिहान ७:३० बजे र फिर्ता साँझ ८:०० बजे, लिजवन। 💶 टिकट शुल्क ३५ युरो। 🎉 परिवारका ४ जना वा सोभन्दा बढी सहभागी हुँदा विशेष छुट तथा 👶 बालबालिका र नेपालबाट घुम्न आउनुभएका बुवा–आमाका लागि मात्र २५ युरो। 📞 बुकिङ तथा जानकारी: 920 074 622 / +351 937 653 942। ⚠️ सिट सीमित छन्, समयमै आफ्नो स्थान सुरक्षित गर्नुहोस्! 🌍✨🇵🇹

🌿 GHUMGHAM PORTUGAL को विशेष एकदिने भ्रमण 🌿📅 १६ अगस्ट २०२६ (आइतबार)🚌 प्रस्थान: Lisboa बिहान ७:३० बजे🏠 फिर्ता: Lisboa साँ...
11/06/2026

🌿 GHUMGHAM PORTUGAL को विशेष एकदिने भ्रमण 🌿

📅 १६ अगस्ट २०२६ (आइतबार)
🚌 प्रस्थान: Lisboa बिहान ७:३० बजे
🏠 फिर्ता: Lisboa साँझ ८:०० बजे

यस विशेष यात्रामा हामी पोर्तुगलका चार आकर्षक गन्तव्यहरूको भ्रमण गर्नेछौं – Dornes, Barragem de Castelo de Bode, Praia Fluvial de Constância तथा Castelo de Almourol।

🚤 Dornes मा Zêzere नदीमा १ घण्टा डुङ्गा जलविहार गर्दै यहाँको प्राकृतिक सौन्दर्य र ऐतिहासिक वातावरणको आनन्द लिनेछौं। त्यसपछि Praia Fluvial de Constância मा पुगेर Zêzere र Tejo नदीको दोभानमा २ घण्टा पौडी खेल्ने, रमाउने तथा विश्राम गर्ने अवसर प्राप्त हुनेछ।

🏰 ऐतिहासिक Castelo de Almourol, विशाल Barragem de Castelo de Bode, नदी किनारको सुन्दर समुद्री तट तथा जलविहारको अद्भुत अनुभव एकै दिनमा।

💶 टिकट शुल्क: €49 प्रति व्यक्ति

✅ आरामदायी बस यात्रा
✅ Dornes मा १ घण्टा डुङ्गा जलविहार
✅ Constância मा २ घण्टा पौडी तथा जल मनोरञ्जन
✅ यात्रा बीमा
✅ समूह फोटो तथा रमाइलो वातावरण

📞 बुकिङ तथा जानकारी:
+351 920 074 622
+351 937 653 942

Ghumgham Portugal
“Portugal लाई नजिकबाट चिनौं, सम्झनलायक क्षण बनाऔं!” 🇵🇹🌿🚤🏖️🏰

🌿 घुमघाम पोर्तुगलको विशेष एकदिने प्रकृति भ्रमण 🌿मिति: ११ अगस्ट २०२६, मंगलवार🚌 प्रस्थान: लिस्बन बिहान ७:३० बजे🏠 फिर्ता: स...
11/06/2026

🌿 घुमघाम पोर्तुगलको विशेष एकदिने प्रकृति भ्रमण 🌿

मिति: ११ अगस्ट २०२६, मंगलवार
🚌 प्रस्थान: लिस्बन बिहान ७:३० बजे
🏠 फिर्ता: साँझ ८:०० बजे

📍 भ्रमण स्थलहरू:
✅ Sertã
✅ Vila de Rei
✅ Centro Geodésico de Portugal (पोर्तुगलको भौगोलिक केन्द्र)
✅ Penedo Furado (झरना र प्राकृतिक सौन्दर्य)
✅ Miradouro de Fernandaires (अद्भुत दृश्यावलोकन स्थल)
✅ Praia Fluvial do Fernandaires (नदी किनारको सुन्दर समुद्री तट)

🌲 प्रकृति, झरना, पहाड, मनोरम दृश्य, नदी किनारको शान्त वातावरण र पोर्तुगलको भौगोलिक केन्द्रको अनुभव एकै दिनमा गर्ने सुनौलो अवसर।

💶 टिकट शुल्क: ४९ युरो

📞 सम्पर्क तथा बुकिङ:
📱 920 074 622
📱 +351 937 653 942

⚠️ सीट सीमित छन्। समयमै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।

Ghumgham Portugal 🇵🇹
“Portugal लाई नजिकबाट चिनौं, रमाऔं र घुमाऔं।” ✨

10/06/2026

🌞 जुलाई ५, आइतवार – एक दिने विशेष भ्रमण 🌞

🧂 Salinas de Rio Maior
🏰 Óbidos
🌳 Buddha Eden
🌊 Foz do Arelho

पोर्तुगलका चार फरक आकर्षणलाई एकै दिनमा नजिकबाट अनुभव गर्ने सुनौलो अवसर!

🧂 Salinas de Rio Maior (नुन खानी)
करिब ८ सय वर्ष पुरानो परम्परागत नुन उत्पादन स्थल। भूमिगत नुनयुक्त पानीबाट उत्पादन हुने यहाँको प्राकृतिक नुन र सेता नुनका थुप्राहरूले अनौठो दृश्य प्रस्तुत गर्छन्।

🏰 Óbidos
मध्ययुगीन किल्ला र पर्खालले घेरिएको ऐतिहासिक सहर। ढुंगे गल्ली, सेता घर, रंगीन फूल र प्रसिद्ध Ginjinha पेयका लागि विश्वप्रसिद्ध गन्तव्य।

🌳 Buddha Eden
युरोपकै ठूलो पूर्वीय शैलीको बगैंचा। विशाल बुद्ध मूर्तिहरू, शान्त पोखरी, हरियाली र कलात्मक संरचनाले भरिएको अद्भुत स्थल।

🌊 Foz do Arelho
अटलान्टिक महासागर र Óbidos Lagoon भेटिने मनमोहक स्थान। सुनौलो समुद्री किनारा, सुन्दर दृश्य र फोटोग्राफीका लागि उत्कृष्ट गन्तव्य।

🚌 प्रस्थान: बिहान ७:३० बजे, लिजवन
🚌 फर्किने समय: साँझ ८:०० बजे, लिजवन

💶 टिकट: ३५ युरो

📞 सम्पर्क / WhatsApp:
📱 920 074 622
📱 +351 937 653 942

सिट सीमित छन्, समयमै आफ्नो स्थान सुरक्षित गर्नुहोस्। 🌍✨
GhumGham Portugal 🇵🇹🇳🇵

घुमघाम - सिक्के गुफा फातीमा नुन खानी -७ जुन आईतवार
08/06/2026

घुमघाम - सिक्के गुफा फातीमा नुन खानी -७ जुन आईतवार

🧂 नुन खानी • ⛪ फातिमा • 🕳️ पैसे गुफाजुन ७, आइतबार – एक दिने विशेष भ्रमणपोर्तुगलका तीन , तीन फरक अनुभव र तीन फरक आकर्षणला...
02/06/2026

🧂 नुन खानी • ⛪ फातिमा • 🕳️ पैसे गुफा

जुन ७, आइतबार – एक दिने विशेष भ्रमण

पोर्तुगलका तीन , तीन फरक अनुभव र तीन फरक आकर्षणलाई एकै दिनमा नजिकबाट चिन्ने सुनौलो अवसर!

🧂 सलिनास दे रियो माइओर (नुन खानी)
सयौँ वर्ष पुरानो परम्परागत नुन उत्पादन स्थल। विशेष गरी जुनदेखि अगस्टसम्म नुन उत्पादन हुने भएकाले यस समयमा यहाँको दृश्य झन् आकर्षक र जीवन्त देखिन्छ।

⛪ फातिमा (सन्तरियम)
विश्वकै प्रसिद्ध धार्मिक तीर्थस्थलमध्ये एक। हरेक वर्ष लाखौँ श्रद्धालु तथा पर्यटकहरू पुग्ने यस स्थानले शान्ति, आस्था र आध्यात्मिक अनुभूति प्रदान गर्दछ।

🕳️ पैसे गुफा (Grutas de Moeda)
प्राकृतिक रूपमा बनेका अद्भुत चट्टानी संरचना, रहस्यमय गुफा र मनमोहक दृश्यहरूले भरिएको पोर्तुगलको प्रसिद्ध प्राकृतिक सम्पदा।

🚌 प्रस्थान: लिजवनबाट बिहान ८:०० बजे
🚌 फर्कने: साँझ ८:०० बजे

💶 टिकट दर
✅ १० वर्षदेखि ५९ वर्षसम्म: ३५ युरो
✅ ६० वर्षमाथि र १० वर्षमुनिका बालबालिका: २९ युरो

📍 पिकअप स्थानहरू
• मार्केस पोम्बल – ७:४०
• काइस दो सोद्रे – ८:००
• अलमेदा मेट्रो स्टेसन – ८:३०

📲 बुकिङ तथा जानकारी:
WhatsApp: 920074622

इतिहास, धर्म, प्रकृति र मनोरञ्जनलाई एकै यात्रामा समेट्ने यो विशेष भ्रमणमा परिवार, साथीभाइ तथा आफन्तसँग सहभागी बनौँ। सीमित सीट भएकाले समयमै आफ्नो स्थान सुरक्षित गर्नुहोस्। 🇵🇹🚌✨

29/05/2026

लिस्बनमा ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम सफल आरोहणको ७३औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम लिस्बनस्थित Escola Secundária Marquês de Pombal मा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा पोर्तुगलका लागि नेपालका महामहिम राजदूत प्रकाश मणि पौडेल ज्यूले तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको ऐतिहासिक योगदानको स्मरण गर्दै मानव साहस, दृढता, धैर्यता र सहनशीलताको प्रशंसा गर्नुभयो। उहाँले हिमालयको संरक्षण तथा भावी पुस्ताका लागि हिमाली पर्यावरण जोगाउनुपर्ने आवश्यकतामाथि पनि विशेष जोड दिनुभयो।

विशेष अतिथि तथा विश्वप्रसिद्ध पोर्तुगीज पर्वतारोही ज्वाओ गार्सीया (João Garcia) ले सगरमाथासहित हिमालयका विभिन्न हिमालहरूको आरोहण अनुभव सुनाउँदै नेपालको आतिथ्यता, संस्कृति र नेपाली जनताको आत्मीयताको खुलेर प्रशंसा गर्नुभयो। विश्वका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू अतिरिक्त अक्सिजनबिना आरोहण गर्ने दुर्लभ कीर्तिमान बनाएका गार्सीयाले पहिलो पटक नेपाल भ्रमण गर्दा पाएको आत्मीय स्वागत, हिमाली संस्कृतिप्रतिको आकर्षण तथा नेपालीहरूको मित्रवत व्यवहारको विशेष स्मरण गर्नुभयो। आफु ५२ पटक नेपाल गयको पनि वताऊनु भयो ।

सो अवसरमा महामहिम राजदूत प्रकाश मणि पौडेलज्यूले ज्वाओ गार्सीयालाई नेपाली परम्पराअनुसार खादा तथा नेपाली टोपी लगाई सम्मान गर्नुभयो। साथै सगरमाथाको तस्बिर अंकित विशेष स्मृति–चिन्ह प्रदान गर्दै नेपालप्रतिको उहाँको माया, सम्मान तथा पर्वतारोहण क्षेत्रमा पुर्‍याउनुभएको असाधारण योगदानको उच्च कदर गर्नुभयो।

कार्यक्रमका क्रममा नेपालको पर्वतारोहण इतिहास, प्राकृतिक सम्पदा तथा सांस्कृतिक धरोहरसम्बन्धी भिडियो प्रस्तुतीकरणमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको थियो। साथै पोर्तुगलमा रहेका नेपाली कलाकारहरूले प्रस्तुत गरेका नेपाली नृत्य तथा सांगीतिक कार्यक्रमहरूले समारोहलाई थप आकर्षक, रोचक र जीवन्त बनाएका थिए।

आफ्नो सम्बोधनका क्रममा महामहिम राजदूतज्यूले नेपाल संसारकै सर्वोच्च शिखर सगरमाथाको देश मात्र नभई प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले भरिपूर्ण राष्ट्र भएको उल्लेख गर्दै जीवनमा कम्तीमा एक पटक नेपाल भ्रमण गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले नेपाल–पोर्तुगल सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा पोर्तुगलको परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी निकायका अधिकारीहरू, लिस्बनस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, पर्यटन तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, पत्रकारहरू तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा विदेशी पाहुनाहरूलाई नेपाली झोलामा विशेष उपहार प्रदान गरिएको थियो। साथै उपस्थित सम्पूर्ण सहभागीहरूका लागि नेपाली रेस्टुरेन्ट दियालो द्वारा तयार गरिएका स्वादिष्ट नेपाली परिकार तथा चियापानको व्यवस्था गरिएको थियो। नेपाली स्वाद र आत्मीय आतिथ्यले कार्यक्रमलाई अझ स्मरणीय बनाएको सहभागीहरूले बताएका थिए।

कार्यक्रम सफल बनाउन नेपाली राजदूतावासका सम्पूर्ण कूटनीतिक अधिकारी तथा कर्मचारीहरू स्वयं विभिन्न जिम्मेवारीमा खटिनु भयको थियो उहाँहरूको समर्पण, मेहनत र सक्रिय सहभागिताका कारण कार्यक्रम अत्यन्त व्यवस्थित, सभ्य, भव्य तथा सफल रूपमा सम्पन्न भएको थियो।

सगरमाथा दिवसको अवसरमा आयोजित यस विशेष समारोहले नेपालको गौरव, नेपाली संस्कृति, पर्वतारोहणको समृद्ध इतिहास तथा नेपाल–पोर्तुगलबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको धारणा रहेको छ।

https://europechautari.com/blog/2026/05/29/4716/?
29/05/2026

https://europechautari.com/blog/2026/05/29/4716/?

“नेपालसँग संसारलाई आकर्षित गर्ने सबै कुरा छन्, अब व्यवस्थापन र संरक्षणमा अझ ध्यान दिनुपर्छ” लिस्बनमा जारी पुस्त....

Endereço

Rua Ferreira Borges
Lisbon

Horário de Funcionamento

Terça-feira 09:00 - 17:00
Quarta-feira 09:00 - 17:00
Quinta-feira 09:00 - 17:00
Sexta-feira 09:00 - 17:00
Sábado 09:00 - 17:00

Telefone

+351920192962

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Ghumgham portugal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar